ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।
स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिनुभयो ।
घर माथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो ।
कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
