उपचारको लागि सिमराबाट काठमाडौं ल्याउँदै गर्दा महिलाको विमानमै मृत्यु

काठमाडौं । उपचार गर्न सिमरा विमानस्थलबाट काठमाडौं ल्याउँदै गर्दा एक जना महिलाको विमानमै मृत्यु भएको छ । मङ्गलवार रौतहटको फतुवा विजयपुर नगरपालिका–११ बस्ने ३९ वर्षीया राजुकुमारी चौधरीलाई उहाँका पति जङ्गबहादुर चौधरीले उपचारको लागि बाराको सिमरा एयरपोर्टबाट बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउनुभएको हो ।
४ बजेको उडानमार्फत काठमाडौं ल्याउँदा उहाँ विमानमै अचेत हुनुभएको थियो । सिनामंगलस्थित केएमसी अस्पताल लैजाँदा चिकित्सकले ‘मृत्यु भैसकेको’ घोषणा गरेका हुन् ।

मृतकको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताउनुभयो । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *