रेबिज लागेर युवकको मृत्यु

चितवन ।  रेबिज लागेर चितवनमा एक युवकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको रेबिजका कारण मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

उहाँलाई केही महिनाअघि कुकुरले टोकेको थियो ।

उपचारमा विलम्ब हुँदा उहाँको मृत्यु भएको हो । उहाँ बुधबार मात्रै उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *