गाईघाट फुटबल क्लब सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सन्तोष रूचाल, धनकुटा । धनकुटामा जारी १७ औं सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको हिजाेको खेलमा गाईघाट फुटबल क्लब उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनकुटा नगरपालिका–५ को तल्लोटुँडिखेलमा आज सम्पन्न भएको क्वाटरफाइनल खेलमा व्बाईज फुटबल क्लब इटहरी सुनसरीलाई १–० गोलले पराजित गर्दै गाईघाट फुटबल क्लब उदयपुर सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको १८ औं मीनेटमा गाईघाटका १० नम्बर विदेशी खेलाडी फोफानाले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । खेल निक्कै प्रतिस्पर्धात्मक भएपनि अधिकांश समय व्बाईज फुटबल क्लब इटहरीले गोल आफ्नो नियन्त्रणमा राख्न सफल भयो । तर गोल गर्न चुक्दा पराजित भएर घर फर्कन बाध्य भयो ।

हिजाेको खेलको म्यान अफ दी म्याच गाईघाट फुटबल क्लब उदयपुरका गोलकिपर अनिल मगर घोषित हुनुभयाे । उहाँले नगद ५ हजार ५ सय र ट्रफी प्राप्त गर्नुभयाे । भोलिको खेल गत वर्षको विजेता विर्तामोड यूनाइटेड क्लब झापा र चित्लाङ फुटबल क्लब काठमाडौंबीच हुने आयोजकले जनाएको छ । चैत २३ गतेसम्म सञ्चालन हुने सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहित ट्रफी हात पार्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *