काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई गैरकानुनी रूपमा हटाएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभएको छ । सरकारले सोमबार घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मन्त्री दीपक खड्का, सञ्चालक समिति नेपाल विद्युत प्राधिकरण दरबारमार्ग, हितेन्द्रदेव शाक्यविरूद्ध रिट दायर गर्नुभएको हो । घिसिङको रिट शुक्रबार सुनुवाइ हुने तय भएको छ । उता, शाक्यले पनि आफूले पाउनुपर्ने सेवा सुविधा माग गर्दै रिट लिएर सर्वोच्च पुगे पनि उहाँको रिट भने दर्ता भएको छैन ।