काठमाडौं । राजधानीको गौशालाबाट अभियन्ता सुमन सायमिसहित ४ जनालाई पक्राउ परेको छ । काठमाडौं महानगरपालिकाले अतिक्रमित संरचना हटाउनका लागि डोजर चलाउने क्रममा अवरोधको प्रयास भएपछि प्रहरीले शुक्रबार सायमिसहित ४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । काठमाडौं महानगरपालिकाले अतिक्रमित संरचना हटाउन थालेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो ।
