‘ककाकिकी’को प्रचार स्टन्ट विवादमा मनोज गजुरेलले मागे माफी

काठमाडौं । चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको प्रहरी पक्राउको नाटकीय प्रस्तुतिले विवाद बढेपछि हास्यव्यंग्य कलाकार मनोज गजुरेलले माफी मागेका छन् ।

चलचित्र प्रचारका क्रममा गरिएको नयाँ प्रयोगले दर्शकमा भ्रम र असुविधा सिर्जना गरेको स्वीकार्दै गजुरेलले सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेका हुन् ।

उनले मनोरञ्जनका नाममा अनावश्यक भ्रम फैलाउनु उचित नभएको उल्लेख गर्दै प्रचारमा सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारी पनि आवश्यक रहेको बताएका छन् ।

साथै, एउटा प्रचार शैलीका आधारमा चलचित्रमा संलग्न कलाकार तथा प्राविधिकको मेहनतको मूल्यांकन नगर्न उनले आग्रह गरेका छन् ।

ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका कलाकारलाई प्रहरीले पक्राउ गरी भ्यानमा राखेको नाटकीय स्टन्ट गरेपछि उक्त प्रस्तुति विवादमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *