आर्थिक सम्बन्धि तीन विधेयक छलफलका लागी समितिमा पठाइयो

काठमाडौं ।  प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले आर्थिक क्षेत्रसँग सम्बन्धित तीन महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सदनमा प्रस्तुत गरेको ‘कर्मचारी सञ्चय कोष दशौँ संशोधन विधेयक, २०८३’, ‘नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट पहिलो संशोधन विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।

सभामुखले प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्दा बैठकमा उपस्थित कुनै पनि सदस्यबाट विरोध नभएपछि तीनवटै प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका हुन् ।

विधेयकहरू सम्बन्धित समितिमा पठाइएसँगै अब तिनका प्रावधानमाथि दफावार रूपमा विस्तृत अध्ययन तथा छलफल हुने भएको छ । समितिको छलफलपछि आवश्यक प्रक्रिया पूरा गरी विधेयकहरू पुनः सदनमा पेस गरिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *