राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । भेटका क्रममा लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत र खोजी कार्यबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ ।

लामिछानेले बाढीबाट प्रभावित नागरिकको अवस्था, बेपत्ताको खोजी, उद्धार तथा राहत वितरणका लागि भइरहेका गतिविधिबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गर्नुभएको हो ।

यसअघि लामिछानेले आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी बाढीपछि सरकारले गरिरहेको उद्धार तथा राहतका कामबारे जानकारी लिनुभएको थियो । प्रधानमन्त्रीसँगको भेटबाट प्राप्त जानकारी तथा प्रभावित क्षेत्रमा भइरहेको गतिविधिबारे त्यसपछि उहाँले राष्ट्रपति पौडेललाई जानकारी गराएको बताइएको छ ।

भेटमा बाढी प्रभावितको उद्धारलाई थप प्रभावकारी बनाउने, बेपत्ताको खोजीलाई तीव्रता दिने तथा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने विषयमा समेत छलफल भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *