सिंहदरबारमा सर्वदलीय बैठक सुरू

काठमाडौं । रसुवामा गएको भीषण बाढीबाट भएको जनधनको क्षति तथा उद्धार र राहतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरू भएको छ ।

बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत प्रभावकारी बनाउने, बेपत्ताको खोजी र पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा बैठकमा छलफल भइरहेको छ ।

सर्वदलीय बैठक अहिले पनि जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *