काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाउनुभएको छ ।
भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि आवश्यक कदल चाल्न प्रधानमन्त्री शाहले आपत्कालीन बैठक बोलाउनुभएको हो ।
प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् प्राधिकरणको पदाधिकारीहरूसहित सुरक्षा निकायहरू समेतको बैठक बोलाउनुभएको बुझिएको छ ।
प्रधानमन्त्रीले अहिले उद्धार र तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन समेत दिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
