नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिस

काठमाडौं । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको छ ।

परिषद्को ९९औँ बैठकले विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका सिफारिस गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बसेको बैठकले आधारभूत शिक्षा (कक्षा ६–८) अन्तर्गत मातृभाषा समूहका अवधी र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, माध्यमिक शिक्षा (कक्षा ९–१०) का जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *