झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापा । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहनुभएकाे छ ।

भोजपुरको आमचोक–९ घर भई उहाँ स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आउनुभएकाे र आज बिहान आली खन्ने क्रममा उहाँलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिनुभयाे ।

चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *