ओखलढुङ्गा । मानेभञ्ज्याङ गाउँपालिका–१ स्थित मोलीमा बाँदर रुग्न जानुभएकी एक महिला मृत अवस्थामा फेला पर्नुभएकाे छ । मानेभञ्ज्याङ गाउँपालिका–१ गहते बस्ने ४४ वर्षीया चेतकुमारी थापा मगर बिहीबार मकै बारीमा मृत फेला पर्नुभएकाे हाे ।
स्थानीय ओम थापा मगरकी छोरी चेतकुमारी बिहीबार मध्यान्ह १२ः०० बजेतिर आफ्नो बारीमा बाँदर धपाउन (रुग्न) जानुभएकाे थियाे । घर नफर्किएपछि खोजी गर्दा बारीको भित्तामा कोल्टे परेको अवस्थामा उहाँकै आमाले मृत फेला पार्नुभएकाे थियाे ।
घटनाबारे सूचना पाउना साथ प्रहरी चौकी निसंखेबाट प्रहरी सहायक निरीक्षक बिनोदकुमार खाँ थारुको कमाण्डमा २ जनाको टोली घटनास्थल पुगेर सुरक्षा दिएको बताइएको छ । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक (प. ईश्वर अधिकारीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
अन्नपूर्ण
