आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १ सय ४८ रुपैयाँ सात पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ७३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ७४ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९९ रुपैयाँ एक पैसा र बिक्रीदर १ सय ९९ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ८८ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ तीन पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १६ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६८ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४० रुपैयाँ ७८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ दुई पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २१ पैसा र बिक्रीदर २३ रुपैयाँ ३० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ८३ रुपैयाँ १० पैसा र बिक्रीदर ४ सय ८५ रुपैयाँ छ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ९२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३ सय ९४ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ८४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३ सय ८६ रुपैयाँ १६ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *