काठमाडौं । सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम आपूर्तिमा देखिएको असहजता मध्यनजर गर्दै सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुने सरकारको प्रवक्ता समेत रहनु भएकाे शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयाे ।
