काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ चार पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २ सय १ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय २ रुपैयाँ ४० पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १ सय ९१ रुपैयाँ नौ पैसा र बिक्रीदर १ सय ९१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १८ रुपैयाँ आठ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ तीन पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७० पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश रुपैयाँ ६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १३ पैसा र बिक्रीदर १६ रुपैयाँ १९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २३ रुपैयाँ ६० पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४ सय ९५ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ४ सय १ रुपैयाँ ११ पैसा र बिक्रीदर ४ सय २ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ९३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३ सय ९४ रुपैयाँ ९६ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
