नवनियुक्त प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

काठमाडौं । बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी का संसदीय दलका नेता, ले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँलाई शपथ गराउनुभएको हो ।

यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको रूपमा शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर निर्वाचनमा सहभागी हुनुभएका शाह पहिलोपटक संसद् प्रवेश गरेलगत्तै प्रधानमन्त्री बन्न सफल हुनुभएको हो । उहाँ झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई करिब ५० हजार मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको थियो।

को को बने मन्त्री ?

प्रधानमन्त्री शाहले रक्षा तथा उद्योग मन्त्रालयको जिम्मेवारी समेत आफैं सम्हाल्नुभएको छ ।
मन्त्रिपरिषद्का अन्य सदस्यहरू यसप्रकार छन् :

  • स्वर्णिम वाग्ले–अर्थ
  • सुदन गुरुङ–गृह
  • शिशिर खनाल–परराष्ट्र
  • भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास–सुनिल लम्साल
  • ऊर्जा, जलस्रोत तथा सिँचाई–विराजभक्त श्रेष्ठ
  • संस्कृति, पर्यटन तथा नागरिक उड्ययन–खडक पौडेल (गनेश)
  • शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद– सस्मित पोख्रेल
  • स्वास्थ्य तथा जनसंख्या र खानेपानी–निशा मेहता
  • सञ्चार तथा सूचना प्रविधि–डा विक्रम तिमल्सिना
  • भूमि, व्यवस्था। सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासन–प्रतिभा रावल
  • कानुन, न्याय तथा संसदीय मामिला–सोविता गौतम
  • कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण– गीता चौधरी
  • श्रम, रोजगार– दीपक साह
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक–सीता वादी

Leave a Reply

Your email address will not be published. Required fields are marked *