लागुपदार्थसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूबाट खैरो हिरोइन र विभिन्न किसिमका मनोद्दिपक औषधि बरामद गरिएको छ । नियमित सुरक्षा गस्तीका क्रममा प्रहरीले उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *