भरतपुर विमानस्थलमा इन्धन सेवा सुरू

चितवन । चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरू गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन ‘रिफिलिङ’सेवा सुरू गरेको हो ।

लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयाे । उहाँले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा सुरू गरिएको बताउनुभयाे ।

हाल यहाँबाट दैनिक आठवटा उडान हुँदै आएको बताउँदै उहाँले आवश्यकताअनुसार हवाई इन्धन भर्न सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयाे ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भरतपुरमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने छ । हाललाई लिमिटेडको सिनामङ्गल कार्यालयमा रहेका छ जना कर्मचारीमार्फत सेवा सुरू गरिएको उहाँले जानकारी दिनुभयाे ।

यहाँबाट हाल दैनिक भरतपुर–काठमाडौ‌ं–भरतपुर र आंशिक रूपमा भरतपुर–पोखरा– भरतपुर उडान हुँदै आएको छ ।

बुद्ध एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिल काउन्टर स्थापना भएसँगै यात्रु तथा जहाजलाई सहज भएको बताउनुभयाे । ‘अब जहाजले तेल बोकेर आउनुपर्ने समस्या हुने छैन, जसका कारण काठमाडौंबाट आउने जहाजमा थप यात्रु ल्याउन पाइने छ’, उहाँले भन्रुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *