Uncategorized

उम्मेदवारको सूचीबाट हट्यो बाबुराम भट्टराईको नाम

काठमाडौं । निर्वाचन आयोगले डा. बाबुराम भट्टराईको नाम उम्मेदवारको सूचीबाट हटाएको छ । भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएपनि फिर्ता लिनुभएकाे थियाे ।

निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि उहाँको नाम उम्मेदवारको सूचीबाट हटाएको जानकारी दिनुभयाे ।

भट्टराईले माघ ६ गते प्रगतिशल लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *