काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १ सय ४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ६९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १ सय ६९ रूपैयाँ ७९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९३ रूपैयाँ १२ पैसा र बिक्रीदर १ सय ९३ रूपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८१ रूपैयाँ १८ पैसा र बिक्रीदर १ सय ८१ रूपैयाँ ९३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ १० पैसा र बिक्रीदर ९६ रूपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ४ रूपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ५ रूपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ११ रूपैयाँ ५५ पैसा र बिक्रीदर १ सय १२ रूपैयाँ ०२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ २६ पैसा र बिक्रीदर नौ रूपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ४४ पैसा र बिक्रीदर २० रूपैयाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५४ पैसा र बिक्रीदर चार रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ११ पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा रहेको छ ।
साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८० पैसा र बिक्रीदर नौ रूपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १५ रूपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ६४ पैसा र बिक्रीदर २२ रूपैयाँ ७३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १८ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ७० रूपैयाँ ४० पैसा र बिक्रीदर ४ सय ७२ रूपैयाँ ३६ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर ३ सय ८२ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३ सय ८४ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ७४ रूपैयाँ ८० पैसा र बिक्रीदर ३ सय ७६ रूपैयाँ ३६ पैसा छ । भारतीय रूपैयाँ एक सयको खरिददर १ सय ६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
