चितवन । शुक्रबार बिहान गौरबाट काठमाडौंतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।
