माइतीघर मण्डलामा जेनजी प्रदर्शनको बाक्लो उपस्थिति

काठमाडौं । काठमाडौंको माइतीघरमा जेनजीको प्रदर्शन सुरू भएको छ । जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा युवाहरू बिहान ९ बजेदेखि नै भेला हुन थालेका छन् ।

बाक्लो संख्यामा उपस्थित भएका युवाहरू अहिले नाराबाजी गरिरहेका छन् ।

सहरका विभिन्न ठाउँबाट युवाहरू भेला हुने क्रम जारी छ । बिहान ११ बजेदेखि मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *