बागलुङका किसानले गराए ७ सय ५ पशुको बीमा

बागलुङ । दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७ सय ५ पशुको बीमा गरिएको छ । जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका ७ सय ५ पशुको बीमा गरिएको सङ्घ अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो ।

कृषकबाट बीमा प्रिमियमबापत गत वर्षमा रु चार लाख ८४ हजार ५ सय र राज्यबाट अनुदानबापत रु १९ लाख ३८ हजार गरी  जम्मा रु २४ लाख २२ हजार ५ सय पशुधन सुरक्षण उपसमितिमा रकम दाखिला भएको छ । चालु आवमा पशुधन सुरक्षण कार्यक्रममा रु ७८ लाख ८० हजार सङ्कलन भएको उहाँले बताउनुभयो ।

सङ्घले २४ वर्षदेखि १५ दुग्ध सङ्कलन सहकारीका एक हजार ५ सय भन्दा बढी किसानको दैनिक तीन हजार ५ सय लिटर दूध सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *