सन्तोष रूचाल, धनकुटा । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनकुटाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल विद्युत प्राधिकरणको ४० औं स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
विद्युत दुर्घटनाबाट वच्न सचेत रहौं, समृद्धिको लागि विद्युतको सदुपयोग गरौं भन्ने मुलनाराका साथ आयोजना गरिएको रक्तदानमा २७ पिन्ट रगत संकलन भएको छ । विद्युत प्राधिकरणका कर्मचारी तथा अन्य व्यत्तिरूले रक्तदान गरेको नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका कर्मचारी हेमचन्द्र थापाले बताउनुभयो ।
रक्तदान कार्यक्रमको लागि नेपाल रेडक्रस सोसाईटी धनकुटा शाखाले प्राविधिक सहयोग गरेको थियो । विधुत प्राधिकरणले आफ्नो स्थापना दिवसको अवसर पारेर अन्य विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चाल गर्दै आएको छ ।
