खैरो हेरोइन सहित एक युवा पक्राउ

सन्तोष रूचाल, धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाबाट एक युवालाई खैरो हेरोइन सहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले सहिदभूमि गाउँपालिका–५ का २३ वर्षीय सुवास राईलाई खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ २५० मिलीग्राम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।

सहिदभूमि गाउँपालिका–६ सुकेआहालमा प्रदेश नम्बर १–०२–०४८ प ४८९२ नम्बरको मोटरसाईकल शंका लागेर चेकजाँच गर्ने क्रममा राईको साथबाट खैरो हेरोइन फेला परेको थियो ।

राईको साथबाट साना साना ५ पोकामा खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ २५० मिलिग्राम प्रहरीले फेला पारेपछि उक्त पदार्थ सहित मोटसाइकल र राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आवश्यक अनुसन्धान सुरू गरिएको डिएसपी खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *