धनकुटामा चालकको निःशुल्क आँखा परीक्षण शिविर

सन्तोष रूचाल, धनकुटा । धनकुटामा सार्वजनिक सवारी साधनका चालकहरूलाई निःशुल्क आँखा जाँच शिबिर तथा लागु पदार्थ सेवन जाँच कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपाल नेत्र ज्योति संघ डा.रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको आयोजना र जिल्ला प्रहरी कार्यालय धनकुटा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको सहकार्यमा सार्वजनिक सवारी साधनका चालकहरूलाई निःशुल्क आँखा जाँच शिबिर तथा लागु पदार्थ सेवन जाँच कार्यक्रम सञ्चालन गरिएको हो ।

सो क्रममा ५ जनाको लागु पदार्थ सेवन सम्बन्धी जाँच र एक सय २१ जनाको आँखा परिक्षण गरिएको थियो ।
लागु पदार्थ सेवन सम्बन्धी ५ जनाको गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने एक सय २१ जनाको आँखा परिक्षण गरिएको मध्ये १६ जनालाई तत्काल सवारी साधन चलाउन रोक लगाई थप उपचारको आँखा अस्पताल पठाइएको छ ।

त्यस्तै २५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको र बाँकीको आँखा सामान्य रहेको डा.रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाले जनाएको छ ।

सडकमा सवारी साधनको संख्या बढेसँगै सवारी दुर्घटना पनि बढेपछि पछिल्लो समय धनकुटामा प्रहरीको सक्रियतामा विभिन्न खालका सवारी साधन दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।

यसै सिलसिलामा सवारी चालकहरूको आँखा परिक्षण तथा लागु पदार्थ सेवन जाँच सम्बन्धि शिविर सडकमा नै सञ्चालन गरिएको हो । शिविरमा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरदकुमार थापा क्षेत्री, जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *