थापाथली पुलमुनि युवक मृत फेला

काठमाडौं । थापाथली पुलमुनि एक जना युवक मृत भेटिएका छन् । काठमाडौं र ललितपुर जोड्ने काठमाडौं महानगरपालिका–११ स्थित पुलसँगैको नालामा मकवानपुर बकैया गाउँपालिका–३ घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

सुकुम्वासी बस्तीमा बस्ने राईलाई छारे रोगको समस्या थियो । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताउनुभयाे । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *