सन्तोष रूचाल, धनकुटा । धनकुटा नगरपालिका–७ जिरोप्वाईन्टबाट एक युवालाई लागु औषध सहित प्रहरीले आज विहान पक्राउ गरेको छ ।
धनकुटाको फोक्लैण्ड टापुबाट पाख्रीवासतर्फ जादै गरेको को १ ब ११०३ नम्बरको यामाहा मोटरसाईकल धनकुटा नगरपालिका–७ जिरोप्वाईन्टमा ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा धनकुटा नगरपालिका–४ का २७ वर्षीय मिगुर शेर्पालाई लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।
प्रहरीले चेकजाँचको क्रममा शेर्पाको साथबाट लागु औषध ट्रामाडोल २२ क्याप्सुल र डिसीक्लोमीन २२ ट्याक्लेट फेला पारेको प्रहरीले बताएको छ । शेर्पाको साथबाट लागु औषध फेला पारेपछि उनको मोटरसाईकल सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।
