त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार

नुवाकोट ।  नुवाकोटको त्रिशूली बजार नजिकैको त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरमार्फत सफल उद्धार गरिएको छ ।

सोमबार राति नदीको बहाव तीव्र भएपछि जोखिममा परेका उनीहरू नजिकैको रूखमा चढेर रातभर बसेका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, उक्त घटनास्थलमा पहिलो चरणमा खटिएको हेलिकप्टरले उद्धार गर्न नसकेपछि, दोस्रो चरणमा ठूलो क्षमताको हेलिकप्टर एमआई–१७ प्रयोग गरी उनीहरूको उद्धार गरिएको हो ।

बस्नेतले जानकारी दिएअनुसार, उद्धारमा सेनाको एमआई–१७ र एक्वेरल हेलिकप्टर खटाइएको थियो । उद्धारपछि दुवै जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *