लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ

सन्तोष रूचाल, धनकुटा । धनकुटा बजारबाट लागु औषध ब्राउन सुगर सहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
धनकुटा नगरपालिका–६ सरस्वती चोकका ५० वर्षीय सुशील खड्गीलाई ब्राउन सुगर २५० मिलिग्राम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।
प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा खड्गीलाई उहाँको घरबाट लागु औषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । उहाँलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *