करेन्ट लागेर एक जनाको मृत्यु

चन्द्रपुर । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान फतुवा बिजयपुर-२ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैया बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *