लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ

सन्तोष रूचाल, धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–६ राजारानीबाट लागु औषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले धरानबाट राजारानीतर्फ आउँदै गरेको को ३९ प ३०३ नम्बरको पल्सर मोटरसाईकल सोमबार साँझ राजारानी चोकमा चेकजाँच गर्ने क्रममा लागु औषध ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।

मोटरसाइकल चालक चौबिसे गाउँपालिका–७ मौनाबुधुकका ३० वर्षीय भुपेन्द्र लिम्बू र पछाडि सवार चौविसे गाउँपालिका–६ राजारानीका २५ वर्षीय हेमबहादुर विश्वकर्माको शरिर खानतलासी गर्दा हेमबहादुरको साथबाट सेतो प्लाष्टिकमा पोका पारिएको ब्राउन सुगर जस्तो खैरो लिसाइलो पदार्थ स–सानो १० पोका ३५० मिलिग्राम लागु औषध फेला पारिएको प्रहरीले बताएको छ । युवाहरूको साथबाट लागु औषध फेला पारेसँगै मोटरसाईकल सहित दुवै जनालाई नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *