सन्तोष रूचाल, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ ढुङ्गेमा एक मजुदर सुतेको ठाउँमा आज विहान मृत फेला पर्नुभएको छ ।
उदयपुरको कटारी नगरपालिका–११ का ३९ वर्षीय कमलबहादुर केप्छाकी मगर भाडाँको घरमा कोठाभित्र सुतेको अवस्थामा आज विहान ५.४० बजेतिर मृत फेला पर्नुभएको हो । उहाँ भेडेटार–आहाले–महाभारत भित्री सडकखण्डमा काम गर्ने मजदुर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय भेडेटारको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरी घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पुरा गरी मृत्तकको शवलाई पोष्टमार्टमको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले बताएको छ । मृत्यूको कारण खुल्न सकेको छैन ।
