जुम्ला । ट्याक्टर दुर्घटनामा परेको छ ।
चन्दननाथ नगरपालिका-७ स्थित खल्लाचौरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
सोमबार राति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट तलिउमतर्फ जाँदै गरेको लु २ त १११५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा चन्दननाथ-९ का ४८ वर्षीय जोखी सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर रोहित रसाइलीले जानकारी दिनुभयो ।
‘सार्कीको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार चन्दननाथ-९ का २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रगां सार्की र ट्याक्टर चालक २२ वर्षीय सन्तोष सार्की घाइते हुनुभएको छ ।
घाइतेहरूको स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनीहरूसबैको अवस्था सामान्य रहेको इन्स्पेक्टर रसाइलीले बताउनुभयो ।
