आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गर्नुभएकाे थियाे । उहाँको सम्पूर्ण लागत खर्च हो, छ लाख । यो लागतमा उहाँले करिब १४ लाखको आलु उत्पादन गरेको बताउनुभयाे ।

तीन महिना मेहनत गरेर आलुखेतीबाट आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ । १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख चोखो आम्दानी भएको उहाँले बताउनुभयाे ।
‘समस्या विभिन्न छन्, मजदुर, खाद्यमलको अभाव छ । र, पनि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो स्वदेश मै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो’, मेहताले भन्रुभयाे ।

भोक्राहाका अधिकांश किसानले हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती रोज्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयाे । जहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु फल्ने गरेको उहाँले बताउनुभयाे । कृषि ज्ञान केन्द्र समग्रमा वार्षिक तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *