कैलालीको सिमली जंगलमा १०० भन्दा बढी विदेशीको अनुमति बिनै बसोबास, प्रशासनले दियो २४ घण्टे अल्टिमेटम

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा अनुमति बिना बसेका १०० भन्दा बढी विदेशी नागरिकलाई २४ घण्टाभित्र उक्त क्षेत्र खाली गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले निर्देशन दिएको छ ।

‘रेन्बो फेमिली ग्यादरिङ’ समूहका भारत, अमेरिका, चीन लगायतका नागरिकहरू अनुमति नलिई बसिरहेको पाइएपछि निष्कासन आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिनुभयो ।

स्थानीयवासीले विदेशी नागरिकहरू अर्धनग्न हिँड्ने र अस्वाभाविक गतिविधि गर्ने गुनासो गरेपछि सुरक्षा समिति टोली अनुगमनका लागि पुगेको थियो । यद्यपि शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने गतिविधि नदेखिएको भए पनि कानुनी रूपमा अनुमति नलिएकाले बस्न नदिने निर्णय गरिएको प्रशासनले जनाएको छ । ती विदेशी नागरिकहरूले आफूहरू प्रकृति प्रेमी भएको दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *