यस्तो छ बुधबारको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६३ पैसा र बिक्रीदर १३९ रूपैयाँ २३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४३ रूपैयाँ २ पैसा र बिक्रीदर १४३ रूपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रूपैयाँ ४० पैसा र बिक्रीदर १७२ रूपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५२ रूपैयाँ ९७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ २५ पैसा र बिक्रीदर १०२ रूपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ १० पैसा र बिक्रीदर ९ रूपैयाँ १४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९७ पैसा र बिक्रीदर १९ रूपैयाँ ५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रूपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २ पैसा र बिक्रीदर ३८ रूपैयाँ १९ पैसा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *