काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ७० हजार २ सय रूपैयाँ नै निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४५ रूपैयाँ निर्धारण गरिएको छ ।

