काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६७ पैसा र बिक्रीदर १४० रूपैयाँ २७ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रूपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रूपैयाँ ५४ पैसा र बिक्रीदर १५४ रूपैयाँ २० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रूपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ २३ पैसा र बिक्रीदर १०३ रूपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रूपैयाँ १८ पैसा र बिक्रीदर ९ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १२ पैसा र बिक्रीदर १९ रूपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा कायम भएको छ ।
