काठमाडाैं । आइतबार नेपाली शेयर बजारमा सुधार देखिएकाे छ ।
आइतबार सेयर बजार (नेप्से) परिसूचक ६९.८० अंकले बढेको छ । २६६२ बिन्दुबाट सुरू भएको बजार ठुलो अंकले बढ्दा परिसूचक २७२७ बिन्दुमा उक्लिएको हो । यस दिन ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
आइतबार २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ वटाको घटेको छ । यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेप्सेको कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । यसमध्ये लघुवित्त उपसमूह ४.९२, निर्जीवन बिमा ३.७१, लगानी ३.३८, विकास बैंक ३.१५ प्रतिशतले बढ्यो । सामुदायिक लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्यो ।
