काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३८ रुपैयाँ ३१ पैसा, बिक्रीदर १ सय ३८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ४३ रुपैयाँ ७६ पैसा, बिक्रीदर १ सय ४४ रुपैयाँ ३८ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ ।
केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५२ रुपैयाँ २१ पैसा, बिक्रीदर १ सय ५२ रुपैयाँ ८७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १३ पैसा, बिक्रीदर ८६ रुपैयाँ ५० पैसा निर्धारण भएको जनाएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ, बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय २ रुपैयाँ ३४ पैसा, बिक्रीदर १ सय २ रुपैयाँ ७९ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९५ पैसा, बिक्रीदर ८ रुपैयाँ ९९ पैसा तय भएको छ ।
साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा, बिक्रीदर ३७ रुपैयाँ ३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९४ पैसा, बिक्रीदर ३८ रुपैयाँ १० पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

