रामेछापको उमाकुण्डमा किसानका लागि अनुदानमा रासायनिक मल वितरण सुरू

रामेछाप । उमाकुण्ड गाउँपालिका अन्तर्गत किसानहरूको सहुलियतका लागि रासायनिक मलको वितरण थालिएको छ । यस उद्देश्यका लागि यूथ भिजन कृषि सहकारी संस्था लिमिटेड लाई सुचिकृत गरिएको छ । सहकारीले किसानहरूलाई अनुदानमा उपलब्ध गराइने डीएपी र युरिया मल निश्चित मूल्यमा विक्रीवितरण गर्नेछ ।

मलको मूल्य सूची:

डीएपी मल प्रति बोरा २,९०० रुपैयाँ ।

युरिया मल प्रति बोरा १,४५० रुपैयाँ ।

सहकारी संस्थाले मल व्यवस्थापन समितिको मूल्य निर्धारणअनुसार यो सेवा उपलब्ध गराउने जनाएको छ । किसानहरूले मल प्राप्त गर्नका लागि आफ्नो नागरिकता र मल प्रयोग गर्ने जग्गाको लालपुर्जा पेश गर्नुपर्नेछ ।

सहकारीका सचिव रूपक श्रेष्ठले सबै किसानहरूले यो अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।

यस सूचना सार्वजनिक भइसकेको छ, र किसानहरूलाई छिटोभन्दा छिटो आवेदन दिन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *