आशिका तामाङ पक्राउ

काठमाडौं । अभिनेत्री तथा अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा तामाङलाई गौशाला प्रहरी वृत्तको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो । तामाङलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लगेको थियो ।
अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रण गरेको एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *