गैंडाको आक्रमणमा परी दुई जना घाइते

चितवन । पूर्वी चितवनमा गैंडाको आक्रमणमा परी दुई जना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैंडाले आक्रमण गरेको हो ।

घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *