रवि लामिछानेलाई रातारात पोखरा ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि पोखरा पुर्‍याइएको छ ।

सहारा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो अबेर  बयान सकिएपछि राति ३ः३० बजे पोखरा ल्याइएको हो ।

लामिछानेलाई पुन म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ ।  लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरूद्ध पर्साबाट सिन पक्राउ पुर्जी जारी भएको छ ।

सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरूविरूद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् ।

हिजो दिउँसो लामिछाने बयान चलिरहँदा हिजो चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको थियो । आज पनि प्रदर्शन हुनसक्ने भएकोले लामिछानेलाई राति नै पोखरा ल्याइएको हो ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई रातारात पोखरा पुर्‍याएको थियो । पोखराबाट उनलाई रूपन्देही र काठमाडौं ल्याएर पनि बयान लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *