दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । मंगलबार उनलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

हिजो सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध दुष्प्रचार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

सामाजिक सन्जालमार्फत् अफवाह फैलाकोले प्रारम्भिक अध्ययन गर्ने उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई कानुनी दायरामा ल्याइएको बताएको छ ।

गत असोज ६ गते पनि साइबर अपराध कसुरमा उनलाई पक्राउ गरिएको थियो । उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार दुइटा जाहेरी परेको थियो । असोज १५ गते दुइटा मुद्दामा ५०/५० हजार धरौटीमा उनी छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *