पहिरोले काठमाडौं–मुग्लिङ सडक खण्ड अवरूद्ध

काठमाडौं ।  काठमाडौं–मुग्लिङ सडक खण्डमा आज दिउँसो पहिरो आउँदा सडक अवरूद्ध भएको छ ।

काठमाडौं–मुग्लिङ सडक खण्ड अन्तर्गत सुरूङमार्ग आसपासमा पहिरो आउँदा सडक अवरूद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पहिरो आउँदा सडक दुईतर्फी अवरूद्ध भएको छ, पहिरो पन्छाउने काम भएकाले बाटो सुचारू गर्न केही घण्टा लाग्न सक्छ ।” सडक अवरूद्ध हुँदा यात्रुहरू बीचबाटोमै रोकिएका प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *