तनहुँ बस दुर्घटना: मृत्यु हुनेको संख्या १८ पुग्याे, १६ घाइतेको उद्धार

काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट शुक्रबार दिउँसो मर्स्याङ्दी नदीमा खसेको थियो ।

दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयाे ।

घाइतेहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ४१ जना यात्रु, एक जना चालक र एक जना सहचालक थिए । उनीहरू सबै भारतीय नागरिक भएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *